नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये काठमाडौं क्षेत्र नम्बर १० बाट माओवादीबाट अन्जना विशंखेले गठबन्धनबाहिरबाट एकल उम्मेदवारी दिएकी छन् । त्यसैले माओवादीबाट ४५ जनाले मात्रै गठबन्धनबाट उम्मेदवारी दिएका छन् । तीमध्ये ४१ जना मात्रै ‘ग्रीन जोन’मा देखिएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा गठबन्धनको साथबाट माओवादी केन्द्रका ४२ जना उम्मेदवार ग्रीन जोनमा परेका छन् । अरु ३ जना भने गठबन्धन हुँदाहुँदै पनि कमजोर देखिएका छन् ।

काठमाडौं–१० बाट माओवादीको एकल उम्मेदवारी भएकाले वडा अध्यक्षको मत केलाउँदा कमजोर देखिनुलाई स्वाभाविकै रुपमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here