काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ ।

आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।

उनीहरुले कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनीसहितको सूचना ब्रोकर कार्यालयमा टाँसेका हुन् । टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here