२९ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिससँग सोझो सेटमा पराजित हुँदा अंक तालिकामा दोस्रो हुँदै एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।

न्यू डायमन्ड पुलिससँग २५-२०, २५-१४ र २५- १७ को सोझो सेटमा पराजित भएको हो । यो नतिजासँगै दुई विभागीय टिमको फाइनलमा भेट भएको हो ।

पहिलो सेट केहि प्रतिस्पर्धात्मक भए पनि दोस्रो र तेस्रो सेटमा पुलिस खेलमा हाबी हुँदै खेल सोझो सेटमा सकेको हो ।

यसअघि नै फाइनलमा पुगिसकेको पुलिस भने लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अंक सहित शीर्षमा रहेको छ ।

एपीएफ समान ५ खेलमा ४ जितर १ हारसहित ११ अंकको साथमा फाइनल पुगेको हो । न्यू डायमन्ड भने ५ खेलमा ३ जित र २ हारसहित ८ अंकको साथमा समूह चरणमा नै सिमित बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here