ललितपुर : राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन्। मंगलबार राजधानीमा सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो। साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द पनि सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरूमा पूर्वक्रिकेटर अमृता पौडेल, मनिषकुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चयन भएका छन्। सदस्यमा निर्वाचित भएलगत्तै फेसबुकबाट प्रतिक्रिया दिँदै पारसले नेपाली क्रिकेटको विकास र विस्तारका लागी सक्दो प्रयास गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here