काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भर्त्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे। उनले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा भर्त्र्सनामा उत्रिनेहरु आएको उल्लेख गरे।

उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए। उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उल्लेख गरे। उनले भने, ‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भर्त्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो। अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भर्त्र्सनामा अरू नै आइपुगे।’

राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताए। उनले गठबन्धनमा कांग्रेससँगै आफूहरू रहे पनि कांग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भविष्य नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here