काठमाडौँ — राष्ट्रिय सभाका विषयगत समितिका सदस्यहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ। आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट हटाई ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी गराए।
त्यसैगरी, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट स्थानान्तरण गरी ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ मा राखिएको छ। बैठकले समितिमा गरिएको यो हेरफेरलाई अनुमोदन गरेको थियो।





