काठमाडौं।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्।
यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज मात्र प्रचण्डले धरानमा पुगेर श्रमदान गरेका हुन्।
धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो।





