Friday, December 5, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति
0
भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन
23
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, २४ फागुन । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीकाे धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नाे विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताकाे परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षकाे यात्रा तय गरेर गाउँपालिकाकाे जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेकाे बताउँछिन् ।

‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दु:ख व्यहाेर्नुपरेन । गाह्रो त कति भयो भयाे, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला भन्ने लाग्छ ।’

उनले उमेर ढल्केपछि उच्च शिक्षा प्राप्त गरिन् । १२ वर्ष हुँदा गाउँकै स्कुलबाट कक्षा ५  सकेकी उनलाई गाउँमा त्योभन्दा माथि पढ्न नपाए पनि अर्को गाउँमा जान अभिभावकले दिएनन् । घरको एउटै छोरी भएकोले पनि बाबुआमाले धेरै प्यारमा हुर्काए । तर, उनले आफ्नो जिन्दगी सधैँ अँध्यारो देखिन् । जसको जग्गा जमिन धेरै छ, भेडाबाख्राको बगाल ठूलो छ, उही सम्पन्नशाली मान्ने समाजकी थमसरा २४ वर्षसम्म भेडीगोठ र गाईभैंसीको पछि लागेरै बिताइन् ।

‘गृहणीजस्तै भएर बिताएँ । अर्को स्कुलमा गयो भने त उतैबाट जात नमिल्ने केटोसँग बिहे गरेर जान्छे भनेर पढ्न पठाउनुभएन,’ उनी भन्छिन्, ‘२४ वर्ष लागेपछि फेरि पढ्नुपर्छ भन्ने लाग्यो । म कक्षा ८ मा भर्ना हुन गएँ । एक महिना पढेर परीक्षा दिएँ । त्यसपछि कक्षा ९ र टेष्ट सजिलै पास भएँ । एसएलसीमा विषय लाग्यो । अनि कक्षा ९ मै भर्ना भएर फेरि एसएलसी दिएँ, सजिलै पास भएँ ।’

थमसराको पढाइ यतिमा मात्रै रोकिएन । त्यसपछि उनी अहेब पढ्न गइन् । फर्केर एक वर्ष फेरि गाउँकै प्रोजेक्टमा काम गरिन् । उमेर र अनुभवले होला, उनले आफ्नो जिम्मेवारी सजिलै पूरा गरिन् । सबैसँग घुलमिल भइन् र गाउँको विकासमा जुटिन् । उनलाई लाग्यो, ‘क्षमता भएन भने सानै पदमा काम गरेर जिन्दगी बित्ने रहेछ ।’

त्यसपछि इन्टर पढ्न उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । सजिलै पास गरिन्, स्नातक तह बागलुङ क्याम्पसबाट पूरा गरिन् । त्यतिबेलासम्म थमसरा गाउँकै स्कुलको शिक्षिका भइसकेकी थिइन् । अब उनको जिम्मेवारी अझै बढ्यो, गाउँले भेला भएर उनलाई प्रधानध्यापक बनाइदिए । स्नातक सकिँदा उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको रुपमा निर्वाचित भइन् । ‘दुई दिन हिँडेर जिल्ला जानुपर्थ्याे। स्कुलको जिम्मा पाएपछि सधैँ गइरहन पनि पाइँन। स्कुल सोचेभन्दा राम्रो भयो, अनेमसंघ र डिग्री राम्रो भएन,’ उनले थपिन्, ‘डिग्री चाहिँ बल्लबल्ल अध्यक्ष भएपछि पास गरेको हुँ ।’

उनी अहिले नेकपा एमालेको जिल्ला उपसचिवको रूपमा कार्यरत छिन् । ‘मलाई पदको लोप छैन । पार्टीमा जिम्मेवारी पाएँ, सरकार सम्हाल्ने जिम्मेवारी पाएँ । शिक्षक हुँदा पनि प्रअ भएर काम गरेको हुँ । कुनै पनि पद मैले अड्डी कसेर पाएको हैन,’ थमसराले थपिन्, ‘अब पनि ठूलो अपेक्षा छैन । कुनै बेला पार्टीको मत संरक्षण गर्नुपर्ने भयो भनेर प्रयोगमा आएँ, कुनै बेला सामाजिक परिचालकको क्षमता छ भनेर जिम्मेवारी दिए । अब पनि पार्टीले यहाँ उपयुक्त छस् भनेर दियो भने काम गर्ने हिम्मत छ ।’

२०५४ सालमा वडा सदस्य बन्दा उनले राजनीति गरुँला र यति ठूलो पदमा पुगुँला भन्ने सोचेकी पनि थिइँनन् । अहिले देशभरका ७५३ स्थानीय तहमध्ये १८ वटा स्थानीय तहमा महिला प्रमुख छन् । गण्डकी प्रदेशमा चार जना मात्र महिला प्रमुख छन् । गण्डकीका चारै जना महिला प्रमुखले पुरुषलाई चुनावमा हराएका हुन् । थमसरा तिनै मध्येका उदाहरणीय अध्यक्ष हुन् । ‘सजिलो त पक्कै थिएन । चुनौतीको पनि कुरै छोडौं, केन्द्र विवाददेखि जनतालाई चाहिने कार्यालय र पूर्वाधार थिएन । यस्तो बेला सरकार चलाउन त सजिलो छँदै छैन । दु:खबाटै पाँच वर्ष बित्यो,’ उत्तरार्द्ध पुग्दै गर्दा उनले आफ्नो अनुभव यसरी सुनाइन्, ‘मैले चुनौती र अवसर दुवै हिसावले लिएँ । त्यहि काम पुरुषले गर्न नसक्दा विचरा गर्न सकेन भन्छन् । त्यहि प्रकृतिको काम महिलाको ठाउँमा भए महिला त हो, के गर्न सक्थी भनेर आलोचना गर्छन् ।’

आफ्नो अगाडि कसैले विभेदको स्वर ननिकाले पनि व्यवहारबाट धेरै पटक विभेद व्यहोरेको उनको अनुभव छ । ‘पार्टीभित्र र विभिन्न सरोकारवाला निकायबीचमा पनि महिलालाई हेर्ने दृष्टीकोण र विश्वास गर्ने वातावरण फरक भयो । पुरुष नेताहरू स्वभावैले कार्यकर्तासँग बसेर खाइपिइ गर्छन् । रातको बेला पनि गइदिने र रमाइलो गरिदिने गर्छन् । उधारो भए पनि सहयोग गर्छन्,’ उनले भनिन्, ‘मैले त्यसो गर्न सकिनँ । महिला भएपछि पैसा खर्च गर्न सक्दिनँ, कार्यकर्तासँग सामिप्यता हुँदैन भन्छन् । माथिल्लो तहको कर्मचारीसँग नेताहरूले गेट टुगेदर गर्नुपर्छभन्दा रहेछन् । मैले त्यो गर्न सकिनँ । फेस टू फेस त मैले विभेद भोगिनँ । तर, म महिला भएर यसरी हेरेको होला कि भन्ने महसुस भने गरें ।’

माथिल्ला सरकारबाट पर्याप्त सहयोग नपाएको उनको गुनासो छ । ‘माथिल्ला सरकारले धेरै बेवास्ता गर्‍यो । कर्मचारी सरुवा भएर गएपछि पठाउन ढिलो गर्ने । धेरै धाउनुपर्ने । नेतालाई नै गुहार्नै पर्ने भयो । अनुदान र बजेट ल्याउन पनि साह्रै गाह्रो भयो । पठाए पनि थोरै पठाइदिए,’ थमसरा भन्छिन्, ‘अरु पालिका सानो र कम जनसंख्या हुँदा पनि संघ र प्रदेशको बजेट खात लाग्थ्यो । तर, मैले सानो बजेट माग गर्दा पनि दौडधुप धेरै गरें ।’

जति काम गरे पनि नेपालका जनताहरू सत्ताको विपक्षमा हुने भएकोले आलोचना धेरै सहेको उनको अनुभव छ । चुनौतीकै चाङबाट आफूले पालिकाभित्र केही आशालाग्दा र नागरिकले सम्झन लायक काम गरेको दाबी गर्छिन्, थमसरा । ‘म निर्वाचित भएको बेला विद्युत् प्रशारण लाइन सिमानासम्म पनि पुगेको थिएन । अहिले केन्द्रीय प्रशारण लाइन, माईक्रो हाईड्रो र सोलार गरेर उज्यालो पालिका घोषणा गर्ने बेला भएको थियो । तर, अघिल्लो वर्षको बाढीपहिरोले अवरोध भयो । हाम्रो पालिकामा सडक कालाेपत्रे र ढलान त सम्भव थिएन । वर्षमा ८ महिना भए पनि गाडी चलाउने बाचा जनतासँग गरेका थियौं । मैले त्यो पूरा गरेको छु,’ उनले थपिन्, ‘शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याएका छौं । हाम्रो पालिका सामान्य सिटामोलका लागि पनि २-३ घण्टा हिँडेर जानुपर्ने बाध्यता भएको गाउँहरूले भरिएका छन् । त्यहाँ जनसंख्याको आधारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ । औषधि र कर्मचारीको व्यवस्था गरेका छौँ । सामान्य बालविकासको शिक्षा पाउन पनि घण्टौं लगाएर जानुपर्ने अवस्था छ । त्यस्ता बालबालिकालाई आवासीय विद्यालय चलाएका छौं । यो धेरैपछि नागरिकहरुले सम्झने छन् ।’

नियमित काममै अलमल भइरहेको बेला दुई वर्षअघिको बर्खामा धवलागिरी थिलथिलो हुने गरी बाढी र पहिरोले सकस पार्‍यो । नागरिकका घरहरू ढले । तर, थमसरा विचलित नभई नागरिकलाई अभिभावकीय छहारी दिइरहिन् । ‘पहिलो चरणमा ५९ घर सूचिकृत गरेका थियौं । १४ घर मोनाले बनाइदियो । बाँकी घर पालिकाले स्टिमेट गरेर बनाइरहेको छ । उनीहरूले तेस्राे किस्ता पाउँदैछन्,’ थमसराले भनिन्, ‘धेरै जसोले घर बनाएर बसिसकेका छन् ।’

यसबाहेक गाउँपालिकाको प्रशासनिक भवनका लागि प्रक्रिया अघि बढिसकेको छ । १४ रोपनी जग्गा प्राप्त गरेर डीपीआर निर्माण भइसकेको उनले सुनाइन् । सोही ठाउँमा १३ करोडको लागतमा भवन निर्माण प्रक्रियाअघि बढेको छ । यद्यपि, थमसराले पालिका केन्द्र विवादको मुद्दा खेपिरहेकी छिन् ।

 

Previous Post

महिला दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना सन्देश

Next Post

कर्म काण्डी नारी दिवस, र पितृसत्ता !

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
कर्म काण्डी नारी दिवस, र पितृसत्ता !

कर्म काण्डी नारी दिवस, र पितृसत्ता !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : hamroprabhav@gmail.com

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति