Friday, December 5, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विशेष

कर्म काण्डी नारी दिवस, र पितृसत्ता !

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in विशेष, समाचार
0
कर्म काण्डी नारी दिवस, र पितृसत्ता !
31
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

आज फागुन २४ गते, तदानुसार मार्च, ८ तारिख ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । प्रत्येक वर्ष मार्च ८ तारिखका दिन विश्वभरि मनाइने नारी दिवस । यो वर्ष “Gender equality today for a sustainable tomorrow” भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका बीच मनाइने छ । नेपालमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०७८ “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ महिला केन्द्रीत विभिन्न कार्यक्रमहरु स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म महिला अधिकारकर्मी, संघ–सँस्था, राजनीतिक दलका भातृसंगठन, महिला आयोग, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लगायतको आयोजनमा सम्माननीय राष्ट्रपति देखि सम्माननीय प्रधानमन्त्री सम्मले सम्बोधन गर्ने, शुभकामना दिने कार्यक्रमहरु तय गरिने छन ।

 

सबै जसो कार्यक्रमहरुमा महिलाहरुका समस्या, ती समस्या समाधानका नीति, नियम, कार्यक्रम हक–अधिकारका लागि, महिला शसक्तीकरणका लागि, समानता, सुरक्षा, सम्मान, स्वतन्त्रता, सहभागिता, आर्थिक विभेद, सामाजिक विभेद, राजनीतिक र प्रशासनीक विभेदका विरुद्ध, यौन हिंसा र बलत्कार जस्ता जघन्य अपराधका विरुद्ध र त्यस्तै प्रकृतिका अन्य विविध विषयमा आजको नेपालमा महिला तथा किशोरीहरुले भोगीरहेका समस्याहरुमाथि छलफल र बहस हुनेछन । जहाँ नेतृत्वले सुरक्षाको पुर्ण प्रत्याभुति दिने आश्वासन दिनेछ । संविधानले दिएका हकअधिकारको कार्यान्वयन गरि महिला तथा किशोरीहरुको सुरक्षा, समान हैसियत प्रदान गर्ने प्रतिबद्धता जनाइनेछ । सरकारले महिला केन्द्रीत कार्यक्रमहरु ल्याउने घोषणा गर्नेछ । यस्तै ओजनदार भाषणका साथ वर्षको एक दिन, यो वर्ष पनि धुमधामका साथ ११२ औँ नारी दिवस विभिन्न तामझाम र औपचारिकताका साथ सम्पन्न हुनेछ । त्यसपछि वर्षका ३६४ दिन पुरुष दिवसको होली मनाइनेछ । जहाँ मार्च ८ तारिखमा दिएका झुटा आश्वासन र ख्रोक्रा गफहरुको कार्यान्वयन हुने छैन । महिलाले दिन–प्रतिदिन आफन्त, छिमेकी, सहकर्मी, साथी, चीर,परिचीत नजिक तथा टाढाका व्यक्तिहरुबाट विभिन्न प्रकारका अत्याचार र हिँसाहरु सहनु पर्ने छ ।

अहिले पनि अधिकाश नेपाली नारीको जीवन चुलोचौकी गर्दै, सन्तान उत्पादन गर्ने, श्रीमानको सेवा गर्ने, छोराछोरीको स्याहार सुसार र हेरचाहमा बित्ने गर्छ । अर्थात महिलाहरुको जीवन घरका बन्द कोठामा सीमित छ । समाजको एउटा ठुलो पंङतीले नारी स्वतन्त्रता माथि धार्मिक लेप लगाएर सामाजिक र धार्मिक नियमहरु लादेर नियन्त्रण गरेको छ । मुलतः धार्मिक विश्वास, जनआस्था, अभ्यास, सँस्कृति र पितृसत्ताले महिलामाथि दमन र एकाधिकार जमायो । जसले गर्दा आज पनि महिला पुरुषको इसारामा चल्नु पर्ने । एउटा वस्तु जस्तो भएर बाँच्नु पर्ने । आवश्यक परे प्रयोग गर्ने, नचाहे छोडने, यातना दिने, बलत्कारी स्ाँस्कृतिको संरक्षण र संवद्र्धन हाम्रो समाज र धर्मले ग¥यो । विगतको तुलनामा हेर्दा आज हाम्रो समाजमा थुपै्र सकारात्मक परिवर्तनहरु भएका छन । ती हाम्रा लागि ठुला उपलब्धीहरु हुन । अभैm समाजमा जरा गाडेर बसेका कुरुती, कुसँस्कार, अन्धविश्वास, विभेदकारी सामाजिक नियम, उचनीच, महिला, पुरुष, धनी, गरिब, सम्भ्रान्त र सर्वसाधारण, मालिक र नोकर बीच रहेका असमानताका खाडलहरु पुर्न बाकी छन ।

नारीलाई हेर्ने हाम्रो समाज र आम–जनमानसको दृष्टिकोण बदलिएको छैन । यो प्रसंग बुझ्न पछिल्लो समय नायक पल शाह र पीडित किशोरी गायिका बीचको विवादलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली रङ्ग मन्च क्षेत्रमा कलाकारहरुको लभ अफेयर्स,ब्रेकअप र सम्बन्धका बारेमा समय– समयमा हुने गसीप र विवादहरु नौला विषयहरु होइनन । तर यो क्षेत्रमा हुने शोषण र अन्यायका बारेमा सतहमा आएको यो पहिलो घटना हो । हाम्रो सिने क्षेत्रमा विसंङगती र व्यथितीहरु छन भनेर स्वयम एक जना नायिकाले एउटा अन्तरवार्तामा भनेकी थिइन, “तिम्रो रेट कति हो ?” एक रातको कति लिन्छौ ? भनेर ठाडो फोन कल गरेर बार्गेनिङ गर्ने साहस गर्छन । यति सम्मका वेथितीहरु फिल्मी इन्डिष्ट्रीमा छन । जसबाट यो मान्न सकिन्छ कि अवश्य पनि त्यहाँ शोषण र अन्य प्रकारका विभेदहरु जीवित छन । पितृसत्ता र दमनकारी समाजको मुकुण्डो खुलेको छ । जहाँ २१ औँ शताब्दीका समान विचार राख्ने युवा, वयस्क र सपोर्टरहरु दुई कित्तामा विभाजन भएर, दिएका अभिव्यक्ति, विचार र गरेको प्रदर्शनबाट हाम्रो समाजको वास्तविक रुप घामभैm छर्लङग भएको छ । हामी कुरामा सबै गर्छौ । व्यवहार र कर्ममा ठिक विपरीत गछार्,ै भन्ने कुराको जलन्त उदाहरण हो । हामी समानताका कुरा गर्छौ । न्यायका कुरा गर्छौ । तर, जब हामीलाई सत्य र असत्यमध्ये एउटा रोज्नु पर्ने संकट आउछ तब हामी इमान र इज्जतको ख्याल नराखी खराबीको साथ दिन्छौ । सत्य बोल्ने साहस पनि गर्दैनौ । असत्य र अमानवीयताको पक्षपोषण गर्छौ । अहिलेको यी किशोरी गायिका र नायकको केशमा पनि केही पात्रहरु हात धोएर ती किशोरीलाई नङग्याउन लागेका छन । त्यसै बीच सिने क्षेत्रका माहा–नायिकाको उपमा पाएका नायिका देखि लिएर चलेका नायिकाहरुले दिएका अभिव्यक्तिहरु नारी द्रेशी र नारी विरोधी छन । पीडितलाई न्याय दिने भन्दा पनि दुःखेको घाउमा नुन खुर्सानी छर्किने किसिमका छन । पीडितलाई मलमपट्टी भन्दा झन पिडा दिने काम भएको छ । यसले के दर्शाउछ भने ती नायिका जन्मिदा नारी भएर जन्मेता पनि व्यवहार र विचारले भने पुरुषवादी चिन्तनको सिकार भइन । जो शक्ति, मान, प्रतिष्ठा र पहुच भएकाहरुको पक्षमा बोल्छन । उनीहरु कमजोर पीडित र अन्यायमा परेका निर्धाहरुका पक्षमा बोल्न हिच्किचाउछन । यदि तिनले पीडित किशोरीको पक्षमा बोले भने आफ्नो स्टाडम र लोकप्रीयता खस्किन्छ भन्ने मनोडरको सिकार भएका हुन्छन ।

 

कलाकार समाजका ऐना हुन । एउटा पात्र जसले आफ्नो कला र अभिनयबाट समाजलाई मनोरन्जन, शिक्षा र समाजका गलत अभ्यास र अन्यायका विरुद्ध आफ्नो कलाको माध्यमबाट जनचेतना पैmलाउछ । तिनै समाजका गहना कलाकारले कुनै बालिका माथि पटक–पटक ललाई–फकाइ वा सहमतीमा यौन शोषण गर्नु घोर अपराध हो । त्यस कुकृत्यका लागि पीडक सजायको भागेदार हुनैपर्छ । न्यायको कठघरामा उभिनै पर्छ । चाहे ऊ सेलीब्रेटी होस, कि आम–सर्वसाधारण कानुन सबैका लागि समान हुन्छ । उनले गरेको गल्तीको सजाय भोग्नैपर्छ । जसले अरुले पनि सबत सिक्ने छन । तर यहाँ दुई रङ्ग मन्च कर्मीको व्यक्तिगत विषय र मुद्दालाई हेर्ने निकाय प्रहरी प्रशासन, संविधान, ऐन, कानुन, अड्डा, अदालत हुदाहुदै केही खट्टा तान्ने पितृसत्ताावादी मानसिकताबाट ग्रसीत मानिसहरुको समुह बढी हाबी भयो । उनीहरु आपैm कानुन न्यायधीश, प्रहरी प्रशासन बनेर सामाजिक सन्जाल फेसबुक युटुब, अनलाइन मिडिया र टिकटक लगायतका संञ्चारका संन्जालहरुमा न्याय सम्पादन गर्न थाले । उनीहरुले नायक सही हो । गायिका गलत हो । नायकलाई फसाइएको ुहो । नायकको समर्थन र गायिकाको घोर विरोध गर्दै, विभिन्न तर्क,कुतर्क गरिरहे । त्यसै बीच नायकका समर्थकहरु, फ्यान, अधिकारकर्मी, कथित सामाजिक अभियन्ता, सिनेकर्मी, मोडेल लगायतको एउटा जमात नायकको पक्षमा छन । नायकलाई साथ दिने यो समुह गायिकाको भने घोर विरोधी र नकारात्मक टिप्पणी गर्ने मात्र छन । त्यसलाई सामाजिक संजालमा प्रचारप्रसार गर्नु तिनीहरुको दैनिकी बनेको छ । एउटा व्यक्तिको पक्षमा विभिन्न नाराहरु लेखिएका पम्पलेट र पोष्टरहरु लिएर सडकमा प्रदर्शन र बचाउ गर्नु पर्ने कुन बाध्यता वा कारण थियो ? त्यसको जवाफ प्रदर्शनकारी र शुभचिन्तकहरुलाई नै थाहा होला । तर ती पात्र माथि लागेको आरोपमा जनता सडक र प्रहरी प्राङगण घेर्नको खासै तुक छैन । उनले न देश र जनताको लागि कुनै ठुलो लडाइ लडेर देशमा हलचल मच्चाएर जनताको अधिकार स्थापना गर्न सफल भएका वीर योद्धा होइनन । जसको परिणाम उनी माथि शासकको कुदृष्टि लाग्यो । शासकको आँखाको कसिङगर भए । सरकारले ती आन्दोलनका योद्धालाई आफ्नो बल प्रयोग गरेर नियन्त्रण गरेको होइन । ती पात्र माथि लागेको मुद्दा बलत्कार र करणीको मुद्दा हो । यद्धपी त्यो बलत्कार थियो वा थिएन त्यसलाई प्रमाणित र सत्य सावित गर्ने काम न्यायालय र प्रहरीको हो ।

कति पटक हामीले न्याय नपाएका घटनाहरु कयौँ छन होला । हामीलाई न्यायालय र प्रहरी माथि भरोसा नहुनु स्वभाविक हो । तर पनि हामीले न्यायको ढोका ढकढक्याउने ठाउँ अदालत र प्रहरी नै हो । अर्थात न्यायको लडाइ लडने, न्याायको गुहार माग्ने अन्तिम विकल्प न्यालय हो । तर हामी न्यायालय र प्रहरी भन्दा माथिका अख्तियार बन्छौ । कसैको पक्ष लिनु, कसैको विरोध गर्नु उत्तम कर्म सम्झिन्छौ । कुनै व्यक्तिको शुभचिन्तक, उसको अभिनय, कला, व्यक्तित्व र व्यवहारको फ्यान हुनु अपराध होइन । यदि कुनै व्यक्तिले म पीडित भए । फलानोले म माथि अन्याय ग¥यो । न्याय माग्न न्यायालयको ढोका ढकढक्याउनु के गलत हो ? के नाम, दाम, यस,जस, पद, प्रतिष्ठा र ख्याती पाएका मानिसहरुले गरेको गल्तीलाई गलत भन्नु फसाएको हुन्छ ? अर्थात कुरा मिल्दा चमत्कार, कुरा नमिल्दा बलत्कार भनेर सतही टिप्पणी गरेर पीडकलाई झन पिडा दिनु न्याय सङगत हुन्छ ? वा तपाई कसैको फ्यान, शुभचिन्तक हो, भन्दैमा अर्को व्यक्तिको व्यक्तिगत जीवन र चरित्र माथि धावा बोल्न मिल्छ ? त्यो भन्दा अचम्मको कुरा के भने बलत्कार जस्तो घृणीत अपराधको आरोपितलाई न्याय देऊ भनेर प्रहरी अनुसन्धानमा प्रभाव पार्ने गरेर प्रदर्शन र पीडितको बारेमा नानाथरी बोल्न कुन नैतिकताले दिन्छ ? यी तमाम प्रश्नहरुको जवाफ कथित सपोर्टर र फ्यानहरुले दिनुपर्छ । अन्यथा यस्ता प्रकारका अभिव्यक्ति, नाराबाजी, सडक प्रदर्शन नारी विरोधी, विभेदकारी, अमानवीय छन । जसले न्याय खोज्ने पीडितलाई न्याय खोज्न यो समाजले प्रोत्साहन भन्दा हतोत्साही गर्नेछ ।

विशेष गरेर सृष्टिको उत्तम सृष्टि, पृथ्वीका अधिकारी, एकअर्काका परिपुरक महिला र पुरुष बीच रहेको असमानताका खाडलहरु अविलम्ब पुर्न आवश्यक छ । समानताको सुन्दर घर,समाज, राष्ट्र र विश्व निर्माणमा परिवर्तनको भुमिका खेल्न पुरुषको प्रमुख र महत्वपुर्ण जिम्मेवारी छ । आदिमकाल देखि नै नर र नारी एकअर्काका परिपुरक भएतापनि महिला माथि पुरुषको पुर्ण नियन्त्रण छ । त्यसैले परिवर्तनका लागि सामाजिक र धार्मिक नियमहरुलाई चिरेर समाजमा समानता स्थापना गर्ने मुख्य भुमिका खेल्ने दायित्व पनि पुरुषको हुन्छ । एकै जुवामा नारिएका हल गोरु, एउटा गोरुको गति, क्षमता, चाहना र ईच्छा अनुसार चल्न सक्दैनन । चले पनि खेत जोत्न सकिदैन । खेत जोत्नको लागि दुईटै गोरुको समान गति, र एकअर्काको चाहना अनुसार चल्दा खेत जोतिन्छ । त्यसरी न्रै नर र नारी एकअर्काका परिपुरक हुन । मानवरुपी जीवनको रथ हाक्न, परिवार, समाज, राष्ट र संसार चलाउन एक जना पुरुषको मात्र विचार, ईच्छा र चाहनाले संसार चल्दैन । नर र नारी एउटै सिक्काका दुई पाटा तथा एउटा रथका दुइृ पाङग्रा हुन । जो सँगसँगै समान गतिमा, विचारमा, सम्मान र एकअर्काप्रति समर्पीत भएर चल्नुपर्छ । जसले सुन्दर परिवार, समाज र रााष्ट निर्माणमा मदत गर्छ । यदि पुरुषले महिलाको शरीरमा, महिलाको विचारमा, महिलाको स्वतन्त्रतामा, महिलाको इच्छामा, महिलाको स्वाभीमानमा, महिलाको योनीमा तथा महिलाको सम्पुर्ण जीवनमा हस्तक्षेप र नियन्त्रण खोज्ने हो भने, समानताको अनुभुती हुने कुरै भएन । यदि साचो समानता र समान हैसियतको चाहना हामी राख्छौ भने पुरुष जसरी स्वतन्त्र रुपमा समाजका अगाडी डर, भय, चिन्ता र समाजले हेर्ने नकारात्मक दृष्टिबाट मुक्त छन । त्यसरी नै नारीलाई पनि यो हैसियत र वेफीक्री भएर समाजमा निर्धक्क, निडर भएर हिडन सक्ने, बाँच्न सक्ने, विचार राख्न सक्ने, काम गर्न सक्ने, सुरक्षाको अनुभुती गर्न सक्ने, आफ्ना पिडा र समस्या निर्धक्क राख्न सक्ने वातारणको सिर्जना गर्नु नै साँचो समानता हो । यस्तो प्रकारको समाज र राष्ट निर्माणमा देशको राजनीति, सामाज, अर्थ व्यवस्था, हाम्रा योजना, कार्यक्रम, धार्मिक, साँस्कृतिक लगायतका सबै क्षेत्रबाट ुपहल,कदमी र कार्यान्वयन हुनु जरुरी छ ।

अन्तमा पंङतीकार दुई मध्ये कुनै एकको समर्थक र अर्काको विरोधी होइन । ती गायिका र नायकको प्रकरणले सतहमा ल्याएको नारी विरोधी हाम्रो सामाज, विचार, व्यवहार र सोचको विरोधी हु । त्यसैले हामी विभेदकारी मानसिकताबाट ग्रसीत छौँ । यसबाट छुटकारा पाउनु आवश्यक छ । न्याय र सत्यको पक्षमा उभिन सकौ । अन्तमा सम्पुर्णमा ११२ औँ अन्तर्राष्टिय नारी दिवसको शुभकामना व्यक्त गर्दछु । पुरुष सरह महिला पनि यो समाजमा स्थापित हुन सकुन शुभकामना !

Previous Post

भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन

Next Post

सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित

सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति