Friday, December 5, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in समाचार
0
सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित
9
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

झापा, २५ फागुन । सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्दा ट्रक व्यवसायी आन्दोलित भएका छन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले बिहीबारदेखि ट्रक ग्यारेजमै थन्क्याउने बताएका छन् । ‘सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडा दर तोकेको छ । अहिले डिजेलको प्रतिलिटर १३० रुपैयाँ पुग्दा पनि सरकारले भाडादर बढाउँदैन,’ ट्रक व्यवसायी नरेन्द्र खत्री भन्छन्, ‘अब व्यवसाय गर्न नसक्ने अवस्थामा पुग्यौँ ।’

व्यवसायी रामकुमार लिम्बूले सरकारले तोकेको भाडादर नै कार्यान्वयन हुन नसकेको बताए । लगातार डिजेलको मूल्य बढ्दा अप्ठेरोमा परेको उनको भनाइ छ । ‘हामी त ट्रक बेच्ने अवस्थामा पुग्यौँ,’ उनी भन्छन्, ‘कि सरकारले भाडादर हेरिदियोस् । कि त चाबी लिओस् ।’ सरकारले भाडा दर हेरफेर नगरेसम्म बिहीबारदेखि ढुवानीका ट्रक नचल्ने उनले बताए ।

ढुवानीका विदेशी ट्रकका कारण समस्या भएको ट्रक व्यवसायी राम राई बताउँछन् । ‘सरकारले भारतीय ढुवानीका सवारीलाई भन्सारदेखि अरू ठाउँ जान दिएन । भारतीय ढुवानीका साधनले हामीले काम पाएनौँ,’ उनी भन्छन्, ‘भारतीय सवारीले सप्तरी, सिरहादेखि इँट्टा पनि लिएर आउँछन् । उनीहरूले २१ टनसम्म बोक्दा पनि ट्राफिकले केही गर्दैन । हामीले ३० हजारसम्म जरिवाना तिरेका छौँ ।’

ट्रक व्यवसायीले पाउने भाडा भन्दा धेरै ढुवानीको खर्च उठ्ने गरेको ट्रक व्यवसायी सुवास कार्की बताउँछन् । जसकारण घरजग्गा बेच्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ । ‘एकपटक काठमाडौँ जाँदा भाडा ६० हजार आउँछ । तर, खर्चचाहिँ ९० हजारसम्म हुन्छ । ६० हजारको त तेल नै लाग्छ,’ उनी भन्छन्, ‘इन्डियन गाडी रोकन भने हामी ट्रक राख्न सक्दैनौँ । भारतीय गाडीलाई भन्सारबाटे फर्काइनुपर्छ ।’

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै भाडादर पनि बढाउनुपर्ने व्यवसायी तेजप्रसाद लामिछाने बताउँछन् । ‘तेलको मूल्य बढ्दा भाडा बढाइनुपर्छ । नभए महँगोको तेल लगाएर सस्तो भाडाको सामान बोक्न सक्दैनौँ,’ उनी भन्छन्, ‘भाडा बढाएर मात्र हुँदैन । कार्यान्वयन पनि गर्नुपर्छ ।’

भाडादर कम हुँदा ट्रकले पाएको बेलामा क्षमताभन्दा धेरै सामान बोक्नुपर्ने बाध्यता छ । तर, ट्राफिकले बारम्बार दुःख दिने गरेको ट्रक चालक उमेश चौधरी बताउँछन् । ‘भाडा नै कम्ती छ । खर्च गरेर कसरी थोरै पैसा भए पनि बचाएर साहुलाई दिनु भन्ने हुन्छ,’ उनी भन्छन्, ‘पाएको बेलामा अलिक धेरै सामान बोक्छौँ । ट्राफिकले चिट काट्ने भन्दै दुःख दिन्छ । कहिलेकाहीँ त एकै ट्रिपमा दुईपटकसम्म चिट काट्नुपर्छ ।’

सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि आन्दोलित बन्नुपरेको ट्रक व्यवसायीको भनाइ छ । ट्रक व्यवसायी प्रभातभूषण दाहालले बिहीबारबाट मालवाहक सवारी बन्द गर्ने बताए । मालवाहक ट्रकले १० टन मात्र सामान ढुवानी गर्न पाउँछ । यातायात व्यवस्था विभागले ७ असोज ०७५ देखि तोकेको भाडा दरअनु्सार तराईमा प्रति किलोमिटर ४ रुपैयाँ ८८ पैसा र पहाडमा ९ रुपैयाँ ९५ पैसा लिन पाउनेछन् । तर, यो दर कार्यान्वयन नहुँदा जथाभावी भाडा लिने गरेका छन् । जसकारण घाटा खाएर भए पनि नेपाली ट्रक व्यवसायीले ढुवानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

Previous Post

कर्म काण्डी नारी दिवस, र पितृसत्ता !

Next Post

ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति