काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो।
अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलनमा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ।











