नवलपरासी — दाउन्ने क्षेत्रको सडकमा गाडीहरू हिलोमा फसेपछि १६ घण्टादेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले जानकारी दिएअनुसार, दाउन्ने नजिकैको विश्वकर्मा मन्दिर आसपास गाडीहरू हिलोमा फस्दा बिहीबार साँझदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो। फसेका सवारीसाधन हटाउने प्रयास जारी रहे पनि अहिलेसम्म सफल हुन नसकिएको प्रहरीको भनाइ छ ।





