१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीमा परेर घाइते भएकाहरूको उद्धार कार्य जारी रहेको छ। उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ।
काठमाडौं ल्याइएका घाइतेहरूलाई थप उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा पठाइएको छ। घाइतेहरूको अवस्था र उद्धार कार्यबारे थप विवरण आउन बाँकी रहेको छ।





