१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै झन्डै ४ सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ। सम्पर्कविहीन हुनेमा २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक रहेका छन्। ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी प्राप्त विवरणका आधारमा पर्यटकहरू सम्पर्कविहीन भएको पुष्टि गरिएको पर्यटन बोर्डले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here