नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ राप्रपा धादिङको उपाध्यक्षमा चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको छ ।
यसैबीच राप्रपा धादिङको अर्को उपाध्यक्ष बेनीघाट रोराङ गाउँपालिकाका शालिकराम सिलवाललाई चयन गरिएको सो पार्टीले जनाएको छ ।




