मंगलबार, फागुन १७, २०७८, काठमाडौं– संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‍मा नेपाल युक्रेनको पक्षमा उभिएको छ। १६ फागुनमा भएको राष्ट्र संघको बैठकमा नेपाल रसियाले युक्रेनमाथि गरेको हमलामा युक्रेनको पक्षमा उभिएको छ।

राष्ट्र संघको बैठकमा युक्रेनमाथि आफूले गरेको हमलाबारे हुन बहसमा रसियाले आपत्ति जनाउँदै मतदानको माग गरेको थियो। जसमा ४७ देशहरुले भोट दिएका थिए। मतदानमा युक्रेनको पक्षमा उभिने देशहरुमा नेपालसँगै २९ देश रहेका छन्।

नेपालसँगै अर्जेटिना, बेनिन, बोलिभिया, ब्राजिल, फिनल्याण्ड, फ्रान्स, जर्मनी, होन्डुरस, इन्डोनेसिया, जापान, लिबिया, लक्जमबर्ग, मलेसिया, कतार, मेक्सिको, पोल्याण्ड, कतार, बेलायत, अमेरिकालगयात देशहरुले रसियाले युक्रेनमाथि गरेको हमलाको आपत्ति जनाउँदै युक्रेनको पक्षमा उभिएका छन्।

त्यस्तै, मतदानमा चीन भने युक्रेनको विपक्षमा देखिएको छ।

युक्रेनमा भइरहेको रसियाली हमलाको विषयमा कुनै पनि पक्ष नदिने १३ देशहरु रहेका छन्। जसमा भारतसँगै अर्मेनिया, केमेरुन, गबोन, काजकिस्तान, नामिबिया, सुडान, संयुक्त अरब राज्य, सोमालियालगायतका देशहरु रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here