Sunday, February 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

रोजगारदाता देशले कामदारको न्यूनतम मानवाधिकार प्रत्याभूति गर्नुपर्ने माग

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
रोजगारदाता देशले कामदारको न्यूनतम मानवाधिकार प्रत्याभूति गर्नुपर्ने माग
4
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने कामदारहरू बढी समस्यामा पर्ने गरेको देखिएको छ। भिसा परिवर्तन गर्दा दक्षिण एशियाली मुलुकहरूमध्ये नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट संयुक्त अरब इमिरेट्स पुगेका अधिकांश अदक्ष कामदारमा श्रम सम्बन्धी कागजातको समस्या पर्ने गरेको हो।

महिला बेचबिखनविरुद्धको विश्वव्यापी सञ्जाल (ग्लोबल अलायन्स अगेन्स्ट ट्राफिक इन वुमन)ले युएईमा कार्यरत नेपाल, भारत, बंगलादेश र श्रीलंकाका कामदारको अवस्थाबारे गरेको अध्ययनमा यस्तो पाइएको छ।

आप्रवासी कामदारको अधिकारको क्षेत्रमा कार्यरत चारवटै देशका विभिन्न संस्थाका प्रतिनिधिले गरेको अध्ययनको क्रममा भिसा ट्रान्सफर गर्ने कामदारमा वैधानिक कागजातको समस्यासँगै न्यूनतम मानवअधिकार प्रत्याभूतिमा समस्या देखिएको निष्कर्ष निकालेको छ।

त्यसैगरी प्रमुख कामदार पठाउने देशहरूमा अनैतिक भर्ती अभ्यासका कारण मानव बेचबिखनका घटना बढेको र विश्वव्यापी आर्थिक संकटले आप्रवासी कामदारको अत्यधिक शोषण हुने जोखिम बढाएको पनि अध्ययन टोलीको निष्कर्ष छ।

अध्ययनको क्रममा गन्तव्य मुलुक र कूटनीतिक नियोगबाट कानूनी उपचार खोज्ने संस्कार पनि बढ्न नसकेको पाइएको छ। सञ्जालकी अन्तरराष्ट्रिय प्रतिनिधि वन्दना पटनायकले गन्तव्य मुलुकमा विभिन्न सरोकारवालासहित आप्रवासी श्रमिकसँग भेट गरी यथार्थ जानकारी लिने अवसर पाउनु ठूलो उपलब्धि भएको भन्दै प्राप्त सिकाइका आधारमा सुरक्षित आप्रवासनको अभियान अघि बढाउने बताइन्।

उनले भनिन्, ‘गन्तव्य मुलुकमा आएर विभिन्न सरोकारवालासहित आप्रवासी श्रमिकसँग भेट्न पाउनु र यहाँको यथार्थबारे जानकारी लिने अवसर पाउनु भनेको वास्तवमै ठूलो अवसर हो। यहाँ पर्ने समस्याबारे हामीलाई बुझ्न सजिलो भएको छ।’​

भारतस्थित सेवा संस्थाका प्रतिनिधि सोनिया जर्जले अवैध रूपमा युएई प्रवेश गरेर श्रममा लागेका भारतीय आप्रवासी श्रमिकमा निकै समस्या देखिएको बताइन्। उनले विशेष गरी भिजिट भिसामा गएर श्रममा परिवर्तन गरी काम गर्नेमा बढी समस्या देखिएको र त्यस्ता समस्या अनौपचारिक क्षेत्रमा काम गर्नेहरूमा रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘मलाई लाग्छ ३५ लाखभन्दा बढी भारतीय इमिरेट्समा काम गर्छन्। यहाँ विभिन्न वर्गका श्रमिक छन् र सबैका उस्तै समस्या छैनन्। भिजिट भिसामा आएर श्रममा परिवर्तन गरी काम गर्नेमा बढी समस्या देखिएको छ। अनौपचारिक क्षेत्रमा काम गर्नेहरूले धेरै प्रकारका समस्या खेप्न बाध्य भएका छन्।’​

बंगलादेशस्थित ओकुपका अध्यक्ष सकिरुल इस्लामले कामदार भर्ना गर्ने एजेन्सीबाट भएको बदमासीका कारण आप्रवासी कामदारले समस्या भोग्नुपरेको बताए। उनले बंगलादेश, श्रीलंका, भारत र नेपालका समस्या लगभग एकै किसिमका रहेको बताए। अदक्ष र सामान्य शिक्षा मात्रै भएका कामदारलाई भिजिट भिसामा ल्याएर तल्लो तहको काममा लगाउने गरेको पाइएको बताए।

उनले भने, ‘बंगलादेशका लागि युएई मुख्य गन्तव्य राष्ट्र भएको छ। बंगलादेश, श्रीलंका, भारत र नेपालका समस्या लगभग उस्तै छन्। विशेष गरी अदक्ष र सामान्य शिक्षा मात्रै भएका कामदारलाई भिजिट भिसामा ल्याएर तल्लो तहको काममा लगाउने गरेको पाइन्छ। कामदार भर्ना गर्ने एजेन्सीबाट पनि बदमासी भएको छ। कामदार भर्ती गर्ने कम्पनीले भिजिट भिसामा कामदार ल्याउने र पछि काममा लगाउँदा आवश्यक काजगात नभएकाले उनीहरूले दुःख पाएको अवस्था छ।’

श्रीलंकास्थित सिडिएसका कार्यकारी निर्देशक एन्ड्रयु स्यामुलले अवैध तरिकाले कामका लागि युएई पुगेका कामदारहरूले सामान्य मानवअधिकार प्राप्त गर्न पनि नसकेको देखिएकाले उत्पत्ति मुलुकका सरकारहरूले पनि यस क्षेत्रमा गम्भीर ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सम्बन्धित देशमा रहेका दूतावासहरूले आफ्ना मुलुकका आप्रवासी कामदारसँग सम्बन्ध बढाउन जरुरी देखिएको बताए।

उनले भने, ‘अवैध तरिकाले कामका लागि युएई आएका कामदारहरूले सामान्य मानवअधिकार पनि प्राप्त गर्न सकेका छैनन्। विशेष गरी महिला आप्रवासी कामदारका लागि उत्पत्ति मुलुकले लगाएको प्रतिबन्धका कारण पनि लुकिछिपी अवैधानिक बाटो आउने र त्यसको फाइदा कामदार आपूर्ति गर्ने कम्पनीले लिएका छन्। दूतावासलाई पनि चुनौती छ।’

नेपालस्थित ओरेककी अध्यक्ष डाक्टर रेणु राजभण्डारी अधिकारीले कुनै पनि मुलुकका सरकारले आप्रवासनका लागि रोक लगाउनुभन्दा वैदेशिक रोजगारीमा पठाउने कामदारलाई सीपयुक्त र दक्ष बनाउनुपर्नेमा जोड दिइन्। उनले सरकारले गन्तव्य मुलुकका कानूनबारे आफ्नो देशबाट पठाउने कामदारलाई जानकारी दिनु अहिलेको आवश्यकता भएको बताइन्।

उनले भनिन्, ‘भिजिट भिसामा आएर काम गरी बस्न थालेका कामदारमा समस्या देखिन्छ। नेपालीहरू सीपबिना कामका लागि यहाँ आउने गरेको देखिन्छ। सीमित साधन स्रोतमा नेपाली दूतावासले धेरै काम गरेको देखिन्छ। यस क्षेत्रमा अझै धेरै काम गर्न दूतावासलाई स्रोत र साधनयुक्त बनाउनुपर्छ। गन्तव्य मुलुकका कानूनबारे पनि कामदारलाई जानकारी दिनुको साथै कामदारलाई सीपयुक्त बनाएर मात्रै गन्तव्य मुलुकमा पठाउने गर्नुपर्छ।’

मानव बेचबिखनविरुद्धको विश्वव्यापी सञ्जाल र अन्तरराष्ट्रिय मापदण्ड तथा मानव बेचबिखन विरुद्ध लड्नका लागि प्रभावकारी उपायबारे साझा धारणा तय गर्न दुबईस्थित ‘मिडल इस्ट सेन्टर फर ट्रेनिङ एण्ड डेभलपमेण्ट’को संयोजकत्वमा ग्लोबल अलायन्स अगेन्स्ट ट्राफिक इन वुमनले दुबईमा चारदिने विशेष कार्यक्रम गरेको हो।

अन्तरराष्ट्रिय एजेण्डामा प्रमुख मुद्दा बनेको आप्रवासन र मानव बेचबिखनविरुद्धको लडाइँमा साझा धारणा बनाउन अध्ययन भ्रमण सफल भएको निष्कर्षसहित सञ्जालले दक्षिण एशियाका श्रम उत्पत्ति मुलुकमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

 

Previous Post

कमल थापाको घोषणा : केही वर्षभित्रै राजसंस्था पुन:स्थापना गर्छौं

Next Post

कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली

कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

१९ माघ २०८२, आईतवार

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

१९ माघ २०८२, आईतवार

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

१९ माघ २०८२, आईतवार

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

१९ माघ २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

How In Order To Claim And Employ 1win Casino Bonuses

Best Crazy Time Strategy The Way To Predict Far Better 2025

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति