१० भदौ, काठमाडौं । रसुवास्थित २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन्। नदीको सतहभन्दा करिब १ सय मिटरमाथि सुरुङमा काम गरिरहेका उनीहरूसँग मोबाइल सम्पर्कसमेत हुन सकेको छैन।

आयोजनामा करिब ६० मजदुर कार्यरत रहेको र सबैको अवस्था अझै स्पष्ट नभएको जनाइएको छ। हेडवर्क्समा कार्यरत कर्मचारी भने सुरक्षित रहेको जानकारी आएको छ। उद्धारका लागि सरकारी निकायले तत्काल पहल गर्नुपर्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here